५ पुस, उदयपुर ।
उदयपुरको त्रियुगा नगरपालिका–१३ नयाँ बरुवा बसपार्क गाईघाट स्थित भित्रि सडक खण्डमा ट्याक्टरबाट लडेर १ जनाको मृत्यु भएको छ ।
शुक्रबार साँझ ७ बजेको समयमा स १ त ६८०० नम्बरको ट्रयाक्टरमा लेवर काम गर्ने पछाडि सवार त्रियुगा नगरपालिका–६ जलजका बर्ष १६ का प्रवेश अलि मिया ट्याकटरबाट झरेर गम्भिर घाईते भएका थिए ।
उनलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टरसहित चालक त्रियुगा नगरपालिका–६ जलजलेका बर्ष ४५ का श्याम कुमार चौधरीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएको छ ।