२३ जेष्ठ, उदयपुर । उदयपुरको बेलका नगरपालिक(८ सेतिखोलामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
आज बिहान पौने १० बजेको समयमा भिमफेदीबाट सेतिखोला तर्फ जाँदै गरेको को २ त ९१५२ नम्बरको ट्याक्टर सेतिखोला पुल छेउमा अनियन्त्रीत भई दुर्घटना हुँदा सोही ट्याक्टरमा सवार रहेका बेलका नगरपालिका-८ का ३१ बर्षीय ईन्द्र बहादुर राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
घटनाबारे अनुसन्धान कार्य भईरहेको ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जनाएको छ ।