ट्रम्पले राष्ट्रको नाममा सम्बोधन गर्ने

0SHARES

१९ कार्तिक २०७७ नेपाल टाईम्स

१९ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज राति राष्ट्रको नाममा सम्बोधन गर्ने जनाएका छन् । उनले आफ्नो फेसबुक पेजमा यसबारे जानकारी दिँदै भनेका छन्, ‘आज राति म सम्बोधन गर्नेछु । एउटा ठूलो जित ।’

सम्बोधनमा ट्रम्पले आफ्नो पकड र विचार राख्न चाहेको ट्रम्पको चुनावी अभियान हेर्दै आएका एकजना अधिकारीले बताएको बीबीसीले जनाएको छ । ती अधिकारीका अनुसार ट्रम्पले आफ्नो जितको घोषणा गर्न नभइ आफ्नो धारणा मात्र पेश गर्नेछन् । ह्वाइट हाउसको पूर्वी कोठाबाट ट्रम्पले सम्बोधन गर्ने बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपतीय चुनावको सुरुवाती नतिजाले धेरै राज्यमा ट्रम्प र बाइडेनबीच कडा प्रतिष्पर्धा देखाएको छ । मंगलबार भएको मतदानमा १० करोड भन्दा बढी मानिसले भोट हालेका छन् । अमेरिकाको इतिहासमा यति धेरै मतदान पहिलो पटक भएको बीबीसीले जनाएको छ ।

विज्ञापन बक्स