डाबरको स्यानिटाइजर न्यून गूणस्तरको, सरकारले लगायो प्रतिबन्ध

801SHARES

६ चैत्र, काठमाडौँ ।
बहुराष्ट्रिय कम्पनी डाबर नेपाल प्रालीले उत्पादन गर्ने स्यानिटाइजरमा सरकारले प्रतिबन्ध लगाएको छ ।

डाबरको एक लिटर र ७५ मिलिलिटरको ह्यान्ड स्यानिटाइजर न्यून गूणस्तरको पाइएपछि औषधि व्यवस्था विभागले उत्पादन तथा बिक्री रोक्‍का गरेको हो ।

विभागले बजार अनुगमनका क्रममा स्यानिटाइजरको नमुना परीक्षण गरेको थियो । परीक्षणका क्रममा न्यून गूणस्तरको पाइएको विभागले जानकारी दिएको छ ।

औषधि व्यवस्था विभागले उद्योगलाई बजारबाट स्यानिटाइजर फिर्ता लिन निर्देशन दिएको छ । विभागका अनुसार ती स्यानिटाइजरमा मापदण्डअनुसार अल्कोहल नपाइएको उल्लेख छ ।

डाबरसँगै आर्या फर्मा ल्याबको स्यानिटाइजरमा समेत प्रतिबन्ध लगाइएको छ । क्लिन वेल ब्राण्डको ५०० एमएल र १०० एमएलको स्यानिटाइजरको बिक्री रोक्का गरिएको हो ।

छुटाउनुभयो कि?

सम्पूर्ण