डा. गोविन्द केसीका सहयोगी प्रीतम सुवेदीलाई दुर्गा प्रसाईंको धम्की

749SHARES

१० जेष्ठ, विराटनगर ।
डा. गोविन्द केसीका मिडिया संयोजक प्रितम सुवेदीलाई झापास्थित बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले भौतिक आक्रमणको धम्की दिएका छन् ।

सोलिडारिटी फर डा. केसी अलायन्सका संयोजक डा. जीवन क्षेत्रिले एक विज्ञप्ति प्रकाशित गरी सुवेदीलाई प्रसाईले धम्क्याएको उल्लेख गरेका छन् ।

प्रसाईले भौतिक आक्रमणका साथसाथै बाबु, आमा र बहिनीको नाम लिँदै सुवेदीलाई अपशब्द बोलेको जनाइएको छ ।

काठमाडौं विश्वविद्यालयले केही दिन पहिले प्रसाईको बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने प्रकृया अघि बढाएपछि डा. केसी अभियानका तर्फबाट विज्ञप्ति जारी भएको थियो ।

त्यसपछि प्रसाईले सुवेदीलाई धम्क्याएको क्षेत्रीले जानकारी दिएका छन् । सुवेदी कोभिड संक्रमित भएर आइसोलेसनमा रहेकाले प्रहरीमा अहिलसम्म जाहेरी दिन नगएको तर छिट्टै जाहेरी दिइने विज्ञप्तिमा जनाइएको छ ।

साथै सुवेदीमाथि कुनै भौतिक आक्रमण भए त्यसको जिम्मेवारी प्रसाईले लिनुपर्ने क्षेत्रीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

छुटाउनुभयो कि?

सम्पूर्ण