११ फागुन, विराटनगर ।
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् ।
भारतको नयाँ दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसमा भर्ना भएका भट्टराई उपचारको लागि आइतबार भारत गएका हुन् ।
भट्टराई बिहान ९ बजेदेखि भर्ना भएका हुन् । सोमबार उनको परीक्षण गरिएको थियो ।
भट्टराईलाई ’न्युरोएन्डोक्राइन ट्युमर’ को आशंका गरिएको छ ।