तनहुँमा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

61SHARES

२३ बैशाख, तनहुँ । ऋषिङ गाउँपालिका–४ स्थित मधुवनमा आज ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही वडा निवासी २५ वर्षीय वीरबहादुर बोटे रहेका छन् । ट्र्याक्टरमा सवार बोटेको दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ना६त ४२०७ नंको ट्र्याक्टर भित्री सडकमा आफैँ अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खस्दा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त दुर्घटनामा परी सोही वडा निवासी २२ वर्षीय किरण श्रेष्ठ र १८ वर्षीय सुन्दर श्रेष्ठ घाइते भएका छन् ।

किरणको दमौलीमा र सुन्दरको थप उपचारका लागि पोखरास्थित मणिपाल अस्पतालमा सिफारिश गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

मृत्यु हुने व्यक्ति ट्र्याक्टर चालक हुन् या सवार गर्ने व्यक्ति हुन् भन्ने विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।

छुटाउनुभयो कि?

सम्पूर्ण