ताइवानका पूर्वराष्ट्रपति लीको निधन

0SHARES

१६ श्रावण २०७७ नेपाल टाईम्स

१६ साउन, ताइपेई।

ताइवानका पूर्व राष्ट्रपति ली तेङ–हुईको ९७ वर्षको उमेरमा निधन भएको छ । ताइवानमा तानाशाही व्यवस्था अन्त्य गरी लोकतान्त्रिक शासन पद्धति स्थापना गर्न उनको महत्त्वपूर्ण भूमिका रहेको थियो ।

गत फेब्रुअरीमा घाँटीमा खाना अड्किएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनी लामो समयदेखि अशक्त रहेको पारिवारिक स्रोतले जनाएको छ ।

ताइपेई भेटेरान्स जनरल हस्पिटलका उपाध्यक्ष ह्वाङ शिन–जाङले दिर्घरोगी पूर्वराष्ट्रपति लीका शरीरका भित्री अङ्गहरूले काम गर्न छाडेपछि मृत्यु भएको संवाददाताहरूलाई जानकारी दिए । पूर्वराष्ट्रपति ली सन् १९८८ देखि २००० सम्म ताइवानको राष्ट्रपति थिए ।

Facebook Comments

विज्ञापन बक्स