२० असोज, दमक । प्रधानमन्त्री केपी शर्मा ओली दसैँको शुभकामनाका लागि गृहनगर दमक आएका छन्। सो क्रममा प्रधानमन्त्री ओलीले गृहजिल्ला झापाको चन्द्रगढी विमानस्थलको स्तरोन्नतिका लागि चासो दिएका छन् ।
सोमबार चन्द्रगढी विमानस्थलमा अवतरण गर्ने वितिक्कै विमानस्थलका प्रमुख पूर्ण चूँडालले विमानस्थल स्तरोन्नतिका लागि भइरहेको कामबारे प्रधानमन्त्री ओलीलाई सुनाएका थिए । उक्त विमानस्थलको धावन मार्ग विस्तारका लागि नेपाली सेनाको व्यारेक हट्यो हटेन भन्नेबारे विमानस्थल प्रमुखसँग प्रधानमन्त्री ओलीले सोधेका थिए ।
विमानस्थलको विकास तथा विस्तारका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गर्ने सम्बन्धमासमेत उनले प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।