२७ असार, दाङ ।
दाङमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन र ओसारपसारमा संलग्न रहेको आरोपमा ६ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नदीजन्य पदार्थ उत्खननमा संलग्न रहेको एउटा डोजर र पाँच वटा ट्र्याक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
भे १ ख ११६८ नम्बरको डोजर, भे २ त १०९, रा १ त २९५५, भे १ त ९०६५, रा १ त ७५२ र रा १ त ४१७८ नम्बरको ट्र्याक्टर नियन्त्रणमा लिइएको हो ।