आजका प्रमुख खबरहरुः
१.(संक्रमणमा थपघट)
सोमबार नेपालमा १ सय ८६ जना नयाँ कोरोना संक्रमित थपिएसंगै हालसम्म १७ हजार ८ सय ४४ जना संक्रमित /अहिलेसम्म ११ हजार ८ सय ६८ जना डिस्चार्ज भए ।
२.(यस्तो आँकडा)
सोमबारसम्म ३ लाख १९ हजार ८ सय ७२ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण/देशभर ५ हजार ९ सय ३६ जना संक्रमित आइसोलेसनमा/२२ हजार २ सय २८ जना विभिन्न क्वारेन्टिनमा ।
३.(थपिँदै कहर)
लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा डुबान र पहिरो /केही स्थानमा सडक अवरुद्ध /गण्डकी गाउँपालिका फुजेलका एक जना र दार्चुलाको नौगाड परिगाउँका दुई जनाको मृत्यु/ सात घर पुरिए ।
४.(नारायणी उर्लियो)
लगातारको वर्षाले देशभर जनजीवन प्रभावित /नारायणी नदीमा पानीको बहाव बढ्दा नदीको सतहले खतराको तह पार गर्दे किनारमा रहेको हात्तीको मूर्तिसमेत बगायो /आसपासका स्थानीयवासिन्दाहरुलाई सतर्क रहन आग्रह ।
५.(माटोमै विलिन)
संखुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दाको पहिरोमा हराइरहेकाहरु फेला नपरेपछि उद्धारमा संलग्न सुरक्षाकर्मी फर्किए /बेपत्ता ११ जना ८ दिन बित्दासमेत नभेटिएपछि ६० जनाको उद्धार टोली रित्तो हात फर्कियो ।
६.(विद्युतमा कटौती)
अविरल भारी वर्षाका कारण खोला तथा नदीमा आएको बाढीका कारण इलाम, पाँचथर र ताप्लेजुङमा सञ्चालनमा रहेका जलविद्युत आयोजनाको विद्युत् उत्पादन बन्द / काबेली करिडोरमा १ सय ७५ मेगावाट विद्युत्मध्ये ४३ मेगावाट विद्युत् मात्रै प्रवाह ।
७.(सरकारी आश्वासन)
सरकारले बाढी र पहिरोले घर पूर्णरूपमा क्षति भएका परिवारलाई बसोबासका लागि सघाउने /तथ्याङ्क संकलन गरी यसै हप्ताभित्र स्पस्ट कार्ययोजना ल्याउने तयारी ।
८.(शक्तिको खोजी)
नेकपाभित्र चर्कदो शक्ति संघर्षकाबीच एजेन्डा र विचारका आधारमा पूर्वएमालेका भिन्दाभिन्दै समूहसँग समीकरण बनाएर अगाडि बढ्न पूर्वमाओवादी सदस्यहरुको प्रचण्डलाई सुझाव /पार्टी एकता बचाउने नाममा आत्मसमर्पण नगर्ने प्रचण्डको अडान ।
९.(जनप्रतिनिधीका समूह)
प्रतिनिधिसभा सभामुख र राष्ट्रियसभाका अध्यक्षद्वारा दुबै सदनका समिति सभापतिहरुसँग संयुक्त छलफल /कार्यक्षेत्र जोडिएका समितिहरुबीच समन्वय अभावका कारण समस्या उत्पन्न हुने गरेको उल्लेख / अस्वस्थ प्रतिस्पर्धा नगर्ने समझदारी ।
१०.(सोमबार र पशुपति)
आज साउनको पहिलो सोमवार कोरोनाका कारण मन्दिरहरु बन्द /साउनभरी व्रत बस्ने र सोमबारका दिन महादेवको दर्शन गर्ने परम्परा /दोस्रो सोमबारबाट पशुपति दर्शनका लागि खुला गर्ने तयारी ।
११.(आग्रह सुन्ने कि ?)
निजी विद्यालयहरूलाई शिक्षण सिकाइ कार्यलाई निरन्तरता दिन शिक्षा मन्त्रालयको आग्रह / निजी विद्यालयमा उत्पन्न समस्याका विषयमा मन्त्रालयले सरोकारवालासँग परामर्श गरिरहेको उल्लेख ।
१२.(कडा छ कानुन)
सरकारविरुद्ध प्रदर्शन गरेको अभियोगमा पक्राउ परेका ५ जना विदेशी नागरिक थुनामुक्त /पक्राउ परेर छ्टेका विदेशीहरुलाई अन्तर्राष्ट्रिय उडान सुरु हुने बित्तिकै निष्कासन गरिने/दुई वर्ष नेपाल प्रवेश निषेध ।
१३.(कसरी आयो माछा ?)
भारतबाट नेपालमा प्रतिवन्धित ६ हजार के.जी. माछा सुनसरी प्रहरीद्वारा बरामद गरी नष्ट /माछा बोकेकोे ट्रक र ट्रक चालक प्रहरी नियन्त्रणमा / ट्रक विराटनगर हुदै सुनसरी पुगेको विषयमा अनुशन्धान हुने ।
१४.(ओर्लियो शेयर)
शेयर बजारमा तिब्र उतारचढाव बीच नेप्से परिसूचक १४ अंकले घटेर बन्द /कारोबार सूरु भएको दुई मिनेट नहुँदै नेप्से ४ प्रतिशतले बढ्दा २० मिनेट र करिब २२ मिनेटमा ५ प्रतिशतले बढ्दा ४० मिनेट कारोबार स्थगित ।
र,
१५.(विश्वको कोरोना)
कोभिड १९ महामारीका कारण विश्वमा हालसम्म ६ लाख ९ हजार बढीको मृत्यु /८७ लाख ५२ हजार बढी निको भए /१ करोड ४६ लाख बढी संक्रमित ।