आजका प्रमुख खबरहरुः
१.(संक्रमणको लय)
नेपालमा हालसम्म कोरोनाबाट ४ सय ८१ संक्रमितको मृत्यु/१ हजार ३ सय ५१ जना नयाँ संक्रमित थपिएसंगै संक्रमित हुनेहरुको संख्या ७४ हजार ७ सय ४५ पुग्यो /हालसम्म ५४ हजार ६ सय ४० जना डिस्चार्ज ।
२.(तेजाबविरुद्ध कानुन)
तेजाब आक्रमणका दोषीहरुलाई कडा कारवाही गर्न सरकारद्वारा अध्यादेश जारी /आक्रमणकारीले २० वर्ष सजाय तोकिएकोमा २० वर्ष नै सजाय काट्नुपर्ने /तेजाब विक्रीका लागि अनिर्वाय लाइसेन्स ।
३.(हुन्छ त मृत्युदण्ड ?)
संविधान संशोधन गरेर १६ वर्ष मुनिका बालिकालाई बलात्कार गर्नेलाई मृत्युदण्ड दिने व्यवस्था गर्न महिला सांसदहरुको माग /अध्ययन तथा सुझाव दिनका लागि ९ सदस्सीय कार्यदल गठन ।
४.(साँचै हो ?)
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघसंस्थाहरुलाई नियमन गर्न समाज कल्याण परिषदलाई सांसदहरुको आग्रह/समुदाय लक्षित काम गर्नुको सट्टा आइएनजीओहरुले नगद रकम दिएर धर्म परिवर्तनको काम गरिरहेको आरोप ।
५.(दूरगामी निर्णय)
समाज कल्याण परिषदलाई स्थापना कालदेखि अहिलेसम्म गैर सरकारी संस्थाका सालगत बजेट विवरण उपलब्ध गराउन संसदीय समितिको निर्देशन / देशभरी ५० हजार संघ संस्थाहरु दर्तामा रहेको पाइएकोमा नेपालको सन्दर्भमा यतिको संख्या आवश्यक रहे, नरहेको सार्वजनिक गर्न निर्देशन ।
६.(कहिले खुल्छ टिकट ?)
असोज २० गतेबाट सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङ खुलाउन यातायात व्यवस्था विभागको प्रस्ताव / ५ लाख व्यक्तिले दशैंका लागि उपत्यका छाड्ने अनुमान/सरकारको प्रस्तावमा यातायात व्यवसायीहरुको असहमति ।
७.(ढिलै भए नि उत्तम)
थप ९ कम्पनीका ह्यान्ड स्यानिटाइजरको बिक्री वितरणमा औषधि व्यवस्था विभागले लगायो रोक /विषाक्त रसायन मेथानोल समावेश भएको तथा मापदण्डविपरीतका रसायन मिसिएपछि १८ प्रकारका ह्यान्ड स्यानिटाइजरमा प्रतिबन्ध ।
८.(विद्यार्थीको सरोकार)
हुम्लामा चिनियाँ पक्षले सीमा मिचेको दाबीसहित चिनियाँ दूतावास अगाडि प्रदर्शन गर्ने क्रममा पक्राउ परेका नेविसंघका कार्यकताहरुलाई रिहाइ गर्न नेविसंघको माग /सीमा क्षेत्रको अध्ययन प्रतिवेदन सार्वजनिक गर्न माग ।
९.(किसानको श्राप लाग्ला)
रौतहटमा रहेको श्रीराम सुगर मिलको सञ्चालन र बक्यौता भुक्तानीको मागसहित गौर–चन्द्रनिगाहपुर सडक खण्ड बन्द गर्दै उखु किसान आन्दोलनमा उत्रिए /उखुको भुक्तानीमा आलटाल गर्दै आएको मिल बन्द भएपछि किसान समस्यामा ।
१०.(विमानस्थलको तयारी)
भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सुविधा सरकारले तत्कालका लागि नेपाल एयरलाइन्सलाई दिने/महामारीपछि तत्काल निजी पार्टी आउने सम्भावना नरहेको र कम्पनीसँग सेवाको लामो अनुभव, दक्ष कर्मचारी र उपकरण समेत रहेका कारण सेवा बिस्तारमा समस्या नहुने ।
११.(उद्धारको गुहार)
विश्वव्यापी महामारी कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नागरिकलाई वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत निःशुल्क उद्धार गर्न एनआरएनएको सरकारसँग आग्रह / नेपालमा हुने हवाई उडानको सङ्ख्या वृद्धि गर्नसमेत अनुरोध ।
१२.(सुपथ नै हुन्छ कि ?)
असोज १५ गतेदेखि मङ्सिर ७ गतेसम्म दशैं लक्षित सहुलियत पसल सञ्चालन गरिने /उपत्यका भित्र रहेका बिक्री काउन्टरमा नै कम्पनीले पसल सञ्चालन गर्ने र सम्भाव्यताका आधारमा बाहिरका जिल्लामा समेत सञ्चालन गर्ने तयारी ।
१३.(सस्तो प्याज)
बजार अनुगमनका क्रममा जफत गरेको एक सय ४६ क्विन्टल प्याजमध्ये सरकारद्वारा तीन दिनमा ४६ क्विन्टल प्याज बिक्री /किलोको ६० रुपैयाँमा पाइने भएपछि खाद्य व्यवस्थामा उपभोक्ताको लामो लाइन /प्रतिव्यक्ति ३ केजीसम्म मात्रै लिन पाइने ।
१४.(प्याराग्लाइडिङ उड्दै)
कोरोना महामारीका कारण विगत ७ महिनादेखि बन्द प्याराग्लाइडिङ असोज १५ गतेबाट सञ्चालनमा आउने / पूरानै अवस्थामा फर्किन समय लाग्ने भएपनि अहिले आन्तरिक पर्यटकलाई लक्षित गर्दै सेवा प्रदान गरिने ।
र,
१५.(यस्तो छ विश्व)
कोरोनाबाट हालसम्म विश्वभर १० लाख बढी संक्रमितको मृत्यु /३ करोड ३३ लाख बढी संक्रमित हुँदा २ करोड ४६ लाख बढी डिस्चार्ज भए ।