दिल्ली पब्लिकले ल्यायो विद्यार्थीको मुल्यांकन गर्ने सफ्टवयेर

0SHARES

१७ असार २०७७ नेपाल टाईम्स

१७ असार, विराटनगर ।
कोरोनाको संक्रमणका जोखिमका कारण विद्यालय बन्द भएपछि विभिन्न विद्यालयहरुले विभिन्न माध्यामबाट पठन पाठन अघि बढाएका छन् । यसैबीच विराटनगरस्थित दिल्ली पब्लिक स्कुलले विद्यार्थीको मुल्यांकनका लागि प्राक्टिस प्लस (पीए–१) सफ्टवयेर सञ्चालनमा ल्याएको छ ।

दिल्ली पब्लिकले शैक्षिक सत्रको सुरुवातमै अनलाइनबाटै विद्यार्थीको मुल्यांकनगर्न मिल्ने सो सफ्टवयेर सञ्चालनमा ल्याएको हो । पूरानो र सबैले प्रयोग गर्दै आएको पेन पेपर टेस्टको विकल्पको रुपमा भारतको कलकत्तास्थित निटसँग सहकार्य गरी ल्याईएको प्राक्टिस प्लस सफ्टवयेरको माध्यमबाट अनलाईनबाटै सब्जेक्टिभ र अब्जेक्टिभ दुवै तरीकाबाट परीक्षालिन सकिने दिल्लीपब्लिक स्कुलका एकेडेमिक प्रमुख सुशान्त बानियाँले जानकारी दिए ।

प्राक्टिस प्लसको प्रयोगसंगै स्कूलले बूक्लेट पनि वितरण गरेको छ । उक्त बूक्लेटमा पढाई भएका पाठको सिकाई पूरा हुने गरि सम्पूर्ण बिषयको प्रश्न समावेश गरिएको बूक्लेट कक्षा अनुरुप वितरण गरिएको उनले बताए । विद्यार्थीको मुल्यांकनगर्दा मुख्य तीन कुराहरुलाई ध्यानमा राखी मुल्यांकन गरिने बानियाँले बताए ।

उनका अनुसार विद्यार्र्थीहरुले घरमै बसेर खोजमुलक गतिविधिको विकास गर्न विज्ञान, कम्प्युटर, गणित, सामाजिक शिक्षा जस्ता बिषयमा अनिवार्य रूपमा प्रोजेक्ट बनाई स्कुललाई बुझाउनु पर्ने , यसैगरी विद्यार्थीलाई पढ्ने बानि बसाउनका निम्ति भाषा बिषयमाअनिवार्य रुपमाआफुले रुचाएको पुस्तक पढी सोहि पुस्तकको बुक रिभ्यु गरि बुझाउनु पर्ने र संस्कृत बिषयमा संस्कृतका कुनै एक श्लोक पढी उक्त श्लोकको ट्रांसलेशन गरी उल्था पनि लेखि बुझाउनु पर्ने छ ।

मुल्यांकनकालागि हाजिरी र अनुशासनलाई पनि ध्यानमा राखिने उनले बताए । स्कुलले नैतिक, सांस्कृतिक र आध्यात्मिक विकासको पनि विद्यार्थीको मुल्यांकन गर्नेछ । यसकालागि बिद्यार्र्थीलाई दिइएको सामाजिक , पारिवारिक कार्यबाट बिद्यार्र्थीमा देखिएको सकारात्मक परिवर्तनलाई आधार बनाइनेछ ।

विज्ञापन बक्स