दीपक मनाङेलाई पुरानै जिम्मेवारी

287SHARES

५ जेठ, काठमाडौं ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले दीपक मनाङेलाई पनि मन्त्रीपरिषद्मा समेटेका छन् ।

मनाङेलाई यसअघिकै युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनले शपथ भने लिएका छैनन् । उनी प्रदेश बाहिर रहेको कारण शपथ नलिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

आजै नियुक्त भएका अन्य चार मन्त्रीले भने शपथ लिइसकेका छन् । भौतिक पूर्वाधार मन्त्रीमा रामशरण बस्नेत, पर्यटन मन्त्रीमा विकास लम्साल, सामाजिक विकास मन्त्रीमा नरदेवी पुन र आर्थिक मामिला तथा योजनामन्त्रीका रूपमा किरण गुरूङले सपथ लिएका छन् । बुधबार प्रदेश प्रमुख सीताकुमारी पौडेलले सपथ खुवाएकी हुन् ।

छुटाउनुभयो कि?

सम्पूर्ण