काठमाडौं : तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठनबीचको एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
तत्कालिन एमाले र माओवादीबीच गत जेठ ३ मा एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएपछि भातृसंगठनबीच एकीकरण गर्ने क्रममा विद्यार्थी संगठनले एकीकरण प्रक्रियालाई अन्तिम अवस्थामा पुर्याएका हुन् ।अब संगठनको नाम अनेरास्ववियू हुनेछ भने केन्द्रीय कमिटी ४ सय १९ जनाको बन्नेछ ।
अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङका अनुसार संगठनको नामको अन्तिम अक्षरमा दीर्घ यू लेख्ने सहमति भएसँगै नामाकरण टुंगिएको हो । यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।