Nepal Times
Nepal Times
3
Shares

देउवाको बहुमत पुग्दैन : विष्णु रिजाल

देउवाको बहुमत पुग्दैन : विष्णु रिजाल

२८ असार, काठमाडौं ।

नेकपा एमालेका नेता विष्णु रिजालले फेरि एमालेको सरकार बन्ने संकेत गरेका छन् ।

सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनः स्थापना गरेसँगै नेता रिजालले सदनमा शेरबहादुर देउवाको बहुमत नपुग्ने बताउँदै एमाले नै निर्णायक बन्ने बताएका हुन् ।

‘सरकार आउने–जाने नियमित कुरा हो । हामी एमालेका लागि मुख्य कुरा हाम्रो पार्टी एकता हो । हिजो भएको सहमति अनुसार पार्टीलाई बचाउन सक्दा सदनमा देउवाको बहुमत पुग्दैन । एमाले नै निर्णायक रहन्छ ।’

एमाले विदेश विभाग उपप्रमुखसमेत रहेका रिजालले सामाजिक सञ्जालमार्फत् भने, ‘सदनमा पनि एमाले एक नम्बर, चुनावमा पनि एमाले एक नम्बर ! किनकि, चुनावको विकल्प छैन ।’

अदालतले कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिइसकेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.