देउवाको विकल्प खोजि गरिन्छ : शशांक

0SHARES

८ फाल्गुन २०७४ नेपाल टाईम्स

विराटनगर, फागुन ८

नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टी संसदीय दलको नेतामा शेरबहादुर देउवाको विकल्प खोजी गर्ने बताएका छन् । महामन्त्री कोइरालाले सर्वसम्मत भएमात्रै आफू संसदीय दलको नेता बन्न चाहेको पनि स्पष्ट पारे ।

संसदीय दलको नेताको चुनाव भने नलड्ने उनको योजना छ । आज चितवनको भरतपुर विमानस्थलमा संचारकर्मीसंग संक्षिप्त प्रतिक्रिया दिँदै महामन्त्री कोइरालाले एमाले र माओवादी केन्द्रबीच एकता गर्ने सहमति भएकोमा आफू खुसी भएको प्रतिक्रिया दिए ।

महामन्त्री कोइरालाले पार्टीलाई जोगाएर अघि बढाउने योजना पनि अघि सारे । उनले पार्टीलाई प्रतिपक्षमा हुँदा नै संगठित गर्न सहज हुने धारणासमेत राखे ।

विज्ञापन बक्स