२२ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास बूढानीलकण्ठ गएका छन् ।
महासचिव ईश्वर पोख्रेल, नेताहरू सुवास नेम्वाङ र रामबहादुर थापालाई लिएर देउवालाई भेट्न ओली उनकै निवास गएका हन् । आउँदो जेठ ६ गते हुने राष्ट्रिय सभाका सदस्यको उपचुनाव, २७ गते संसदमा विश्वासको मत लिने लगायतका विषयमा छलफल गर्न ओली देउवालाई भेट्न गएका हुन् ।
राष्ट्रिय सभा सदस्यको चुनावमा कांग्रेसले माओवादी केन्द्र र जसपासहितको गठबन्धनमा उठेका खिमलाल देवकोटालाई समर्थन गर्ने निर्णय गरिसकेको छ । कांग्रेसले हिजो प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ, माओवादीले बुधवार नै समर्थन फिर्ता लिइसकेको छ ।