धनुषामा मध्यराति गोली हानी युवकको हत्या

0SHARES

२८ जेष्ठ २०७७ नेपाल टाईम्स

२८ जेठ, काठमाडौं ।
धनुषामा गएराति एक जना युवकको गोली हानी हत्या भएको छ । सबैला नगरपालिका-७ का युवकको घरबाट दुई सय मिटर पर पोखरीको डिलमा शव फेला परेको छ ।

घरमै रहेका वेला बोलाएर सो ठाउँमा पुगेपछि गोली हानी २५ वर्षीय अरुण मण्डलको हत्या भएको प्रारम्भीक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मण्डलको कन्चटमा गोली लागेको छ ।

अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय, धनुषाका एक अधिकृतका अनुसार चिनजानकै व्यक्तिले बोलाएपछि उनी घरबाट निस्किएका थिए । त्यसैले व्यक्तिगत रिसिइबीका कारण घटना भएको हुनसक्ने आशंका गरिएको छ ।

प्रदेश नं. २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले आरोपित पक्राउ परेपछि मात्रै हत्याको कारणबारे खुल्ने बताउँदै यसबारे थप अनुसन्धान गरिरहेको जानकारी दिए ।

विज्ञापन बक्स