१३ वैशाख, सुनसरी । सुनसरीको धरान १६ का २३ बर्षीय निखिल जोशीलाई लागूऔषध सहित पक्राउ गरेको छ ।
उनले धरान २ भानुचौक स्थितमा चिया पसल गरी बस्ने र लागूऔषध समेत बिक्री बितरण गर्ने गरेको सुचना पाए लगतै आईतबार बेलुका ५ बजे वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोली जोशीको चिया पसलबाट लागूऔषध स्पास्मो प्रोक्सिभन आर प्लस –६०० ट्याब्लेट बरामद गरेको हो ।
बरामद गरिएको लागूऔषध सहित उनलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।