२२ जेष्ठ, धरान ।
धरानमा भएको आगलागीमा परी दुई जनाको मृत्यु भएको छ ।
धरान उप महानगरपालिका १५ सिद्धकाली चोकमा रहेको नरबहादुर श्रेष्ठको घरमा आगलागी हुँदा २ जनाको मृत्यु भएको हो । विहीबार बिहान सवा ८ बजे अचानक आगलागी हुँदा ८७ बर्षीया धनमाया श्रेष्ठ र ५८ बर्षीया सिता श्रेष्ठको आगोले जलेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
आगलागीको कारण भने खुल्न सकेको छैन । आगलागी नेपाल प्रहरी, शशस्त्र प्रहरी र धरान तथा ईटहरीबाट गएको दमकलको सहयोगमा बिहान पौने १० बजे पूर्ण रुपमा नियन्त्रणमा आएको तथा अन्य थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।