नम्रता श्रेष्ठ स्टारर ‘जाइरा’को ट्रेलर सार्वजनिक(भिडियो)

२२ श्रावण २०७६

२२ साउन, काठमाडौँ ।
नम्रता श्रेष्ठ स्टारर प्रतीक्षित चलचित्र ‘जाइरा’को ट्रेलर सार्वजनिक भएको छ । भदौ ६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको सो चललिचत्रको ट्रेलर बुधवार राजधानीमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो ।

सार्वजनिक ट्रेलरमा नम्रताले बदलाको लागी एक साधारण युवती बाट मिक्स मार्सल आर्ट खेलाडी (एम.एम.ए.)सम्म को यात्रा तय गरेको देखिन्छ । चलचित्रमा अनुपविक्रम शाही, प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठ, र नव कलाकार सृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगर लगायतको अभिनय रहेको छ

। डेब्यु निर्देशक आशुतोष राज श्रेष्ठले निर्देशन गरेका हुन् उनका अनुसार चलचित्रले समग्रमा बदलाको कथा बोकेको छ । कटामरी फिल्मसको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्डसेटर्स प्रालिको ब्यानरमा निर्मित सिनेमाको कार्यकारी निर्माता प्रसन्न गोपाली हुन् ।

‘जाइरा’मा निर्देशक श्रेष्ठ र निरोज महर्जनको पटकथा तथा प्रनिता श्रेष्ठ र कारा श्रेष्ठको समेत लगानी रहेको छ । सम्राट बस्नेतको द्वन्द, राहुल मोक्तान र मेघराज चेम्जोङको एक्सन, बाबु श्रेष्ठको छायाङ्कन रहेको छ ।

Facebook Comments

विज्ञापन बक्स