नयाँ महान्यायाधिवक्तामा रमेश बडालको नाम सिफारिस

908SHARES

५ चैत, काठमाडौँ । नयाँ महान्यायाधिवक्तामा रमेश बडाल सिफारिस भएका छन् । प्रधानमन्त्री कार्यालयबाट महान्यायाधिवक्तामा बडालको नाम सिफारिस गरिएको हो ।

आजै अग्नि खरेलले महान्यायाधिवक्ताबाट राजीनामा दिएका थिए । खरेलको राजीनामा स्वीकृत भएलगत्तै बडाल नयाँ महान्यायाधिवक्ता सिफारिस भएका हुन् ।

नेपाल बार एसोसियसनका उपाध्यक्ष बडाललाई न्यायाधिवक्ता नियुक्त गर्न राष्ट्रपति कार्यालयमा सिफारिस गरिएको हो ।

छुटाउनुभयो कि?

सम्पूर्ण