२२ मंसिर, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले १२ औं निर्माण दिवसका अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । महासंघले आइतबार काठमाडौंका विभिन्न ठाउँ परिक्रमा गरी प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा महासंघका अध्यक्ष रवि सिंहले निर्माण दिवस मनाउँदै गर्दा आफुहरु आन्दोलित हुनुपरेको बताए ।
उनले निर्माण व्यवसायीको फाइदाको लागि भन्दा पनि देश निर्माणमा गति दिन र पूर्वाधार विकासका आयोजनामा भएका अवरोधहरु हटाउन सार्वजनिक खरिद ऐन र नियमावली संशोधन गर्नका लागि आन्दोलन गर्नुपरेको बताए । उनले ऐन संशोधन नभए परियोजनाहरुको म्याद थप नहुने र नयाँ आयोजनामा सहभागि हुन समेत नसक्ने बताए ।
महासंघले निर्माण दिवसका आवसरमा एफक्यान एक्सिलेन्स अवार्ड वितरण गरिसकेको छ भने रक्तदान कार्यक्रम समेत गरेको छ ।
यस्तै प्रदेश महासंघ तथा जिल्ला संघहरुमा पनि प्रभातफेरी कार्यक्रम गरिएको अध्यक्ष सिंहले बताए ।