निर्वाचन सार्ने गतिविध नगर्न सरकारलाइ ओलिको

0SHARES

१५ कार्तिक २०७४ नेपाल टाईम्स

काठमाडौँ, १५ कार्तिक
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन सार्ने कुनै पनि खालका गतिविधि नगर्न सरकार र सत्तारुढ काँग्रेसलाई चेतावनी दिनु भएको छ ।

अध्यक्ष ओलीले बाम गठबन्धन लोकतान्त्रिक प्रक्रियामार्फत् बनेको तर्क गर्दै त्यसबाट नआत्तिन पनि नेपाली काँग्रेसलाई सचेत गराउनु भयो । लोकतन्त्रको मसिहा ठान्ने काँग्रेसले लोकतान्त्रिक प्रक्रिया अन्तरगत बाम गठबन्धन बन्दा आत्तिन नहुने उहाँको भनाई छ । आज जनमोर्चा, नेपाल र जागरण परिषदका सम्पूर्ण नेता, कार्यकर्तालाई एमालेमा प्रवेश गराउँदै अध्यक्ष ओलीले लोकतन्त्रलाई सुदृढ बनाउँदै मुलुकलाई समृद्ध बनाउन बाम गठबन्धन गर्नु परेको पनि पटक–पटक दोहोर्याउनु भयो ।

अध्यक्ष ओलीले नेकपा एमालेले देश र जनताको हितप्रति समर्पित भएर बाम दलहरुलाई एकतावद्ध बनाउने अभियानको नेतृत्व लिएको दावी पनि गर्नुभयो । उहाँले कुनै निजी वा बैयक्तिक स्वार्थ लेनदेनको आधारमा बाम गठबन्धन नबनेको पनि स्पष्ट पार्नुभयो ।

अध्यक्ष ओलीले पार्टीमा विलय भएको जनमोर्चा, नेपाल र जागरण परिषदका नेता, कार्यकर्तालाई उचित जिम्मेवारी दिने आश्वास पनि दिनु भयो ।

 

विज्ञापन बक्स