निषेधाज्ञाका बीच रौतहटमा सुरक्षाकर्मी र स्थानीयबीच झडप

481SHARES

२४ जेष्ठ, रौतहट ।
रौतहटमा निषेधाज्ञा कार्यान्वयन गराउने क्रममा सोमबार राति सुरक्षाकर्मी र स्थानीयबीच झडप भएको छ ।

झडपमा डीएसपीसहित ७ प्रहरी घाइते भएका छन् । प्रहरीले झडपमा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको छ ।

 गरुडा नगरपालिका ९ को गेडहिगुठी टोलमा निषेधाज्ञाको बेला चर्को लाउडस्पिकर बजाएर जन्ती जान लागेको टोलीलाई प्रहरीले रोक्न खोजेपछि झडप भएको हो ।

प्रहरी टोलीले सम्झाइ बुझाइ गर्न खोज्दा घेरा हालेर आक्रमण गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धीविक्रम शाहको भनाइ छ । प्रहरी टोलीमाथि आक्रमणमा संलग्न भएको भन्दै प्रहरीले २ जनालाई पक्राउसमेत गरेको छ ।

छुटाउनुभयो कि?

सम्पूर्ण