निषेधाज्ञा लागु भएका जिल्लामा थप कडाइ गर्ने निर्णय : सिसिएमसी

129SHARES

१८ बैशाख, काठमाडौँ । कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित निर्देशक समिति सिसिएमसीले निषेधाज्ञा लागु भएका जिल्लामा थप कडाइ गर्ने निर्णय गरेको छ ।

शुक्रबार सिंहदरबारमा बसेको बैठकले नेपालको भारततर्फ खुलेका ३५ नाकाहरु मध्ये १३ वटा मात्रै सञ्चालनमा ल्याउन र बाँकी २२ वटा नाका पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।

क्वारेन्टाइनसहित खुला राखेका नाकाहरु काँकडभिट्टा, जोगबनी, पशुपतिनगर, भिठ्ठामोड, गौर, वीरगञ्ज, वेलहिया, कृष्णनगर, जमुनाहा, झुलाघाट, कोलुघाट, गौरीफन्टा र गड्डाचौकी रहेका छन् ।

यस्तै बैठकले निषेधाज्ञा लागु भएका जिल्लाहरुमा एक चौथाइ कर्मचारीहरु राखेर कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले संघीय मन्त्रीलाई प्रदेश समन्वय गर्नेगरी खटाउन मन्त्रीपरिषद्मा सिफारिस पनि गरेको छ ।

सार्वजनिक निर्माणका सम्पूर्ण काम बन्द गर्ने , उद्योगहरु सञ्चालन गर्ने भए मजदुर, कर्मचारीलाई उद्योग परिसरभित्र नै राख्नुपर्ने , नीजि अस्पतालहरुलाई कोभिड अस्पतालको रुपमा प्रयोग गर्न तयारी थाल्ने निर्णय पनि बैठकले गरेको छ ।

विदेशबाट नेपाल आएका विदेशीलाई अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने र र नमाने डिपोट गर्ने निर्णय पनि भएको छ ।

छुटाउनुभयो कि?

सम्पूर्ण