निषेधाज्ञा सकिएको एक महिनासम्म धितो लिलामीमा रोक

407SHARES

५ जेठ, काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले दोस्रो लहरको कोरोना महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा सकिएको कम्तीमा एक महिनासम्म कर्जा असुलीका लागि धितो लिलाम गर्न नपाउने व्यवस्था गरेको छ ।

केन्द्रीय बैंकले मंगलबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो चौमासिक समीक्षा गर्दै बैंक तथा वित्तीय संस्थालाई यस्तो निर्देशन दिएको हो । केन्द्रीय बैंकको यस्तो निर्देशनले कोरोना महामारीको मारमा परेका व्यवसायीलाई सहज हुने देखिएको छ ।

यति मात्र नभई राष्ट्र बैंकले निषेधाज्ञा अवधिभरको कर्जा असुली गर्दा बैंक तथा वित्तीय संस्थाले कुनै पनि अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था पनि गरेको छ ।

छुटाउनुभयो कि?

सम्पूर्ण