नेपालमा पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट २२ जनाकाे मृत्यु

0SHARES

५ मंसिर २०७७ नेपाल टाईम्स

५ मंसिर, काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसकाे संक्रमणबाट २२ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा हालसम्म १ हजार २ सय ९८ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाईसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै २४ घण्टामा १ हजार ९ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी आज थप ५ हजार ३ सय ६४ जना संक्रमण मुक्त भएपछि हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ । नेपालमा निको भएको दर ८८ प्रतिशत पुगेको छ ।

आज देशभरिका अस्पताल, संस्थागत आइसोलेसन तथा होम आईसोलेसनमा गरी कूल २४ हजार ६ सय ६५ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

विज्ञापन बक्स