Nepal Times
Nepal Times
3
Shares

नेपालले कतारलाई दियाे कीर्तिमानी लक्ष्य

नेपालले कतारलाई दियाे कीर्तिमानी लक्ष्य

३० कात्तिक, काठमाडौं ।

शीर्षक्रमकी ब्याटर इन्दु बर्माको अर्धशतकमा नेपालले पहिलो डब्लूटि२० आई खेलमा कतारलाई १ सय ४७ रनको कीर्तिमानी लक्ष्य दिएको छ । मंगलबार कतारको वेस्ट इन्ड इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४६ रन बनायो ।

नेपाली महिला टोलीले डब्लूटि२० आईमा बनाएको यो हालसम्मकै उच्च योगफल हो । यसअघि सन् २०१९ मा मलेसियाविरुद्ध १ सय २६ रननै नेपालको उच्च योगफल हुँदै आएको थियो ।

नेपालका लागि इन्दु बर्माले ४७ बलमा ५ चौका सहित सर्वाधिक ५५ रनको योगदान दिइन् । इन्दु रिटायर्ट हर्ट हुँदै अर्को खेलाडीलाई मौका दिएकी थिइन् ।

इन्दु नेपालका लागि डब्लूटि२० आईमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेकी छिन् । उनले ४५ बलमा अर्धशतक पूरा गरेकी थिइन् । सीता राना मगर ३३ बलमा ५ चौका सहित ३९ रनमा आउट भइन् । सरिता मगर २१ बलमा २ चौका सहित २१ रनमा रन आउट भइन् । कविता कुँवर ८ रनमा अविजित रहिन् । दोस्रो विकेटका लागि इन्दु बर्मा र सीताले ८८ रनको कीर्तिमानी साझेदारी गरेका थिए । डब्लूटि२० आई खेलमा नेपालको बनेको हालसम्मकै उच्च साझेदारी हो ।

सबिजा प्रनाायनको १२ औं चौथो बलमा विकेटकिपर रिज्फा बानोबाट स्टम्पिङ आउट भएपछि सीता अर्धशतक बनाउन चुकेकी थिइन् । दुई बलपछि कप्तान रुविना क्षेत्री बेलबास शून्यमा रन आउट भएकी थिइन् । नेपालले ओपनर काजल श्रेष्ठलाई दोस्रो ओभरको पाँचौं बलमा ब्यक्तिगत ३ रनमा गुमाएको थियो । एन्जेलिन मारेको बलमा काजल कटएण्ड बोल्ड आउट भएकी थिइन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.