नेपालसँग कुवेत २७ रनमा अल आउट

211SHARES

९ मंसिर, काठमाडौं ।

आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतले नेपाललाई २८ रनको सामान्य विजयी लक्ष्य दिएको छ । बिहीबार आइसिसी एकेडेमी दुबईमा टस जितेर पहिला ब्याटिङ थालेको कुवेत १५.४ ओभरमा २७ रनमा अल आउट भयो ।

कुवेतकी ओपनर प्रियदा मुरलीले सर्वाधिक १० रन बनाईन् । अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालकी स्पिनर संगिता राईले २.४ ओभरमा २ मेडन सहित कुनै रन नदिई ३ विकेट लिइन् । स्पिनर करुणा भण्डारीले ३ ओभरमा ८ रन खर्चेर २ विकेट लिइन् । रुविना क्षेत्रीले ३ ओभरमा २ मेडन सहित १ रन खर्चेर २ विकेट लिइन् । सरस्वती कुमारीको नाममा १ विकेट रह्यो ।

नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराएको थियो । नेपाललाई शीर्ष स्थानमा रहेर ग्लोबल छनोटमा पुग्न बाँकी तीन खेलमा जित्नुपर्ने हुन्छ ।

छुटाउनुभयो कि?

सम्पूर्ण