नेपालसहित चार नेताले आज स्पष्टीकरण बुझाउने

303SHARES

१२ चैत्र, काठमाडौं ।
एमाले वरिष्ठ नेता माधव नेपालसहित चार नेताले अध्यक्ष केपी ओलीलाई आज स्पष्टीकरण बुझाउने भएका छन् ।

गत सोमबार पार्टी केन्द्रीय कार्यालयका तर्फबाट चार नेतालाई स्पष्टीकरण सोध्दै छुट्टाछुट्टै पत्र पठाएर तीन दिनभित्र लिखित जवाफ दिन निर्देशन दिइएको थियो ।

जवाफ नआए विधानबमोजिम कारबाही गर्ने चेतावनीसमेत पत्रमा दिइएको थियो । निर्देशनअनुसार चार नेताले छुट्टाछुट्टै पत्र बुझाउन लागेका हुन् ।

नेपाल समूहले ओलीलाई बुझाएपछि स्पष्टीकरणको जवाफ सार्वजनिक गर्ने जनाएको छ । हिजो साँझ नेपाल समूहको स्थायी कमिटी बैठकमा छलफलपछि नेताहरूले स्पष्टीकरणको जवाफ दिने निचोड निकालेका थिए ।

छुटाउनुभयो कि?

सम्पूर्ण