नेपाली भूमि मिचिएको भारतको नक्सा नेपाल सरकारद्वारा अस्वीकार

२१ कार्तिक २०७६

२१ कात्तिक, काठमाडौँ ।
संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भारतले नेपाली भूमि समेत समावेश गरेर सार्वजनिक गरेको नक्सालाई नेपाल सरकारले अस्विकार गरी दिएको स्पष्ट पारेका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले ती समस्या कूटनीतिक तथा राजनीतिक तहबाट समाधान गर्ने कामलाई सरकारले अघि बढाएको पनि बताए ।

बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले एक पक्षीय रुपमा भारतले जारी गरेको पोलिटिकल नक्सालाई सरकारले अस्विकार गरिदिएको बताएका हुन् । ‘एक पक्षीय रुपमा भारतले हालै जारी गरेको पोलिटिकल नक्सालाई हामीले अस्विकार गर्ने निर्णय गरेका छौ,’ मन्त्री बास्कोटाले भने, ‘कूटनीतिक, राजनीतिक तहबाट ती समस्या समाधान गरिनेछ ।’

उनले नेपालको करिव २ प्रतिशत भूमि भारतले मिचेको तथ्यांक सरकारसँग रहेको उल्लेख गर्दै त्यसलाई ऐतिहासिक तथ्यको आधारमा समाधान गर्न पनि नेपाल सरकार दृढ रहेको बताए । नेपालको भूमि मिच्न नदिने सरकारको अडान यथावत रहेको पनि मन्त्री बास्कोटाको भनाई छ ।

मन्त्री बास्कोटाले नेपालमा कुनै पनि प्रकारको आतंकवादी गतिविधि हुन नदिने प्रतिवद्धता पनि दोहो¥याए । नेपालमा आतंकवादी गतिविधिको सम्भावना बढेर गएको अमेरिकी सरकारको प्रतिवेदन सार्वजनिक भईरहेका बेला उनले त्यस्ता खालका बाह्य वा घरेलु गतिविधि हुन नदिन नेपाल सरकार सचेत रहेको बताए ।  मन्त्री बास्कोटाले कानुन विपरितका कुनै पनि गतिविधि नेपालमा गर्ने छुट कसैलाई नरहेको पनि बताए ।

Facebook Comments

विज्ञापन बक्स