नेपाली महिला टोलि फिफा वरियतामा एक स्थान माथि उक्लियो

0SHARES

२८ मंसिर २०७६ नेपाल टाईम्स

२८ मंसिर, काठमाडौं ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग)को महिला फुटबलको रजत पदक विजेता नेपाली टोलीको फिफा वरियतामा सुधार भएको छ । विश्व फुटबल महासंघ (फिफा) ले हालै सार्वजनिक गरेको वरियतामा नेपाल ३ स्थान माथि उक्लँदै ९७ औँ वरियतामा रहेको हो ।

यसअघि अक्टुबरमा भएको वरियतामा नेपाल सयौं स्थानमा थियो । एसियाली खेलकुद राष्ट्रमा भने नेपाल २१ औं स्थानमा रहेको छ । पोखरा रंगशालामा भएको सोमबार भएको साग महिला फुटबलको फाइनलमा नेपाल भारतीय टोलीसँगै २–० ले पराजित भएको थियो ।

सागको समाप्तीसँग टोलीका मुख्य प्रशिक्षक हरि खड्काले हारको जिम्मेवारी लिदै राजिनामाको घोषणा गरेका छन् । त्यस्तै कप्तान निरु थापा र रक्षक मनमाया लिम्बुले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

विज्ञापन बक्स