७ असोज, काठमाडौं ।
नेपाल वायुसेवा निगमले आन्तरिक उडानतर्फ ९ विमानस्थलमा उडान सेवा प्रारम्भ गरेको छ । निगमले उडान तालिका सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।
नियमित उडान सेवा थालिएका गन्तव्यमा भोजपुर, दाङ, ताप्लेजुङ्ग, खानीडाँडा, रुकुम, नेपालगंज, बाजुरा, थामखर्क र फाप्लु रहेका छन्। त्यसमध्ये काठमाडौंबाट सोझै उडानका साथै रुकुम–नेपालगंज, नेपालगंंज–जुम्ला, जुम्ला–नेपालगंज, नेपालगंज–रुकुम, नेपालगंज–बाजुरा र बाजुरा–नेपालगंजका लागि पनि उडान निर्धारण गरिएको छ।
निगमले यात्रुको चाप र मागलाई ध्यानमा राखी कतै हप्ताको ३ दिन, कतै हप्ताको २ दिन र कतै २ दिन उडान तालिका निर्धारण गरेको जानकारी गराएको छ ।
उडानका दौरान नेपाल सरकारद्वारा निर्धारित स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरिने भएको छ ।
यस्ताे छ उडान तालिका