नेपाल टेलिकमको बिलिङ प्रणालीमा आएको समस्याका कारण हजारौं ग्राहकको मेन ब्यालेन्स काटियो

0SHARES

१ आश्विन २०७७ नेपाल टाईम्स

१ असोज, काठमाडौँ । नेपाल टेलिकमको बिलिङ प्रणालीमा समस्या देखिएपछि हजारौं ग्राहक प्रभावित बनेका छन् ।

शनिबार बिहान केही समय डेटा खरिदको बिलिङ प्रणालीमा समस्या देखिएको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए ।

‘केही मिनेट बिलिङ प्रणालीमा समस्या आएपछि डेटा सब्स्क्राइब गरेको भए पनि मेन ब्यालेन्सबाटै भुक्तानी जाने समस्या करिब २० हजार ग्राहकमा भएको रहेछ,’ उनले भने,‘प्रणालीमा आएको समस्या समाधान भइसकेको छ ।’

बिलिङ प्रणाली बिग्रिँदा डेटा सब्स्क्राइब गर्दा डेटा प्याक एक्टिभ भएको म्यासेज गए पनि उपभोक्ताको मेन ब्यालेन्सबाट रकम काटिने समस्या आएको थियो । डेटा प्याक लिएर भन्दा नियमित ब्यालेन्सबाट डेटा चलाउँदा महँगो पर्ने भएकाले उपभोक्ताहरुले धेरै रकम काटिएको गुनासो गरेका थिए ।

सबै उपभोक्ताको डेटा सब्स्क्राइबबापतको रकम फिर्ता गरिएको महाप्रबन्धक अधिकारीले बताए ।

विज्ञापन बक्स