२४ जेठ, काठमाडौं ।
नेकपा एमालेको माधव नेपाल पक्षको स्थायी समिति सदस्यहरुको छलफल सकिएको छ । छलफलले अध्यक्ष केपी शर्मा ओलीले राखेको शर्त स्वीकार गरेर एकता नहुने निष्कर्ष निकोलेको छ ।
सोमबार भर्चुअल विधिबाट बसेको स्थायी समिति बैठकले ओलीले पार्टी एकताका लागि भनेर ६ बुँदे (आइतबार साँझ प्रस्ताव गरिएको) प्रस्ताव चालबाजी मात्रै हो भन्ने निष्कर्ष निकालेको नेता युवराज ज्ञवालीले जानकारी दिए ।
‘शर्त मानेर एकता सम्भव छैन, लोकतान्त्रिक प्रणाली–व्यवस्था, संविधान जोगाउन गरिएको हस्ताक्षर फिर्ता हुँदैन ।
पार्टी एकता नै गर्ने हो भने हामीले यसअघि वैशाख २६ गते पेस गरिएको ६ बुँदे मान्न केपी ओली तयार हुनुपर्छ । त्यही ६ बुँदेको आधारमा पार्टी एकता हुन्छ ।’ ज्ञवालीले भने ।
सो पक्षले प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा पुगेको मुद्दाको हस्ताक्षर समेत फिर्ता लिन नसक्ने ठहर गरेको छ ।