काठमाडौं, चैत १४
नेपाल–भारतबीच परराष्ट्र सचिवस्तरीय बैठक सुरु भएको छ । काठमाडौंमा सुरु भएको बैठकमा रेल निर्माण, पेट्रोलियम पाइपलाइन, अरुण तेश्रो जलविद्युत आयोजना निर्माणका विषयमा छलफल हुने छ ।
बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदास बैरागी र भारतका विदेश सचिव विजय गोखले सहभागी भएका छन् । बैठकमा भाग लिन भारतीय विदेश सचिव गोखले आजै नेपाल आएका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारीसँग समेत भेटवार्ता गर्ने बताइएको छ ।