पचहत्तर वर्षका वृद्धको भत्ता लुट्ने युवक पक्राउ

0SHARES

२८ कार्तिक २०७७ नेपाल टाईम्स

२८ कात्तिक, तनहुँ ।

तनहुँ प्रहरीले एक वृद्धले पाएको सामाजिक सुरक्षा भत्ता लुट्ने गोर्खाका एक युवालाई पक्राउ गरेको छ ।

गत बुधबार बैंक मार्फत भत्ता बुझेर घरतर्फ जाँदै गरेका आँबुखैरेनी गाँउपालिका ३ आँबुगाउँका ७५ वर्षीय बृद्ध पुननारायण श्रेष्ठको ९ हजार ४ सय रुपैयाँ लुटपाट भएको थियो ।

बृद्धलाई धाकधम्की देखाएर रकम लुट्ने गोरखा पालुङटार नगरपालिका ४ चाङ्लीका ३९ वर्षका विशालजंग शाहीलाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्ष युवराज तिमल्सेनाले जानकारी दिए ।

उहाँले वृद्धको साथबाट रकम लुटपाट भएको जानकारी पाउन साथ प्रहरी परिचालन गरी युवकको हुलियाका आधारमा विहिबार पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका शाहीमाथि जिल्ला अदालत तनहुँ मार्फत म्याद थप गरेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

विज्ञापन बक्स