२९ पौष, विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ४ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै देशभर संक्रमितको संख्या २ लाख ६६ हजार ५४६ पुगेको छ । सक्रिय संक्रमितको संख्या ४ हजार ४२६ छ भने क्वारेन्टाइनमा २३१ जना रहेका छन् । त्यसैगरी २४ घण्टामा ४०५ जना निको भइ डिस्चार्ज भएका छन् ।
योसँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ६० हजार १७७ पुगेको छ । २४ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९४३ रहेको छ ।