पछिल्लो २४ घण्टामा १२५ कोरोना संक्रमित थपिँदा १२३ जना डिस्चार्ज
483SHARES


६ चैत, विराटनगर । नेपालमा आज १२५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १२३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
अहिलेसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७५ हजार ७५० पुग्दा, तीमध्ये संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या २ लाख ७१ हजार ७३३ पुगेको छ ।

कोरोना संक्रमणबाट आज एक जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या ३ हजार १६ पुगेको छ ।
देशभर आज सक्रिय संक्रमित एक हजार १ छन् भने क्वारेन्टिनमा जम्मा ५१ जना मात्र रहेका छन् ।
छुटाउनुभयो कि?
सम्पूर्ण