पत्रकार पुडासैनीका लागि न्याय माग्दै चितवनमा प्रदर्शन

३२ श्रावण २०७६

३२ साउन, चितवन।
पत्रकार शालिकराम पुडासैनीको न्यायका लागि भन्दै शनिबार चितवनको भरतपुरमा प्रदर्शन भएको छ । नारायणगढको एक होटलमा गत साउन २१ गते मृत भेटिएका पुडासैनीको न्यायका लागि भन्दै चौबीसकोठीमा प्रर्दशन भएको हो ।

पुडासैनीको मृत्यु प्रकरणका पत्रकार रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता काकीएविरूद्ध शुक्रबार मात्रै चितवन अदालतले पाँच दिनको म्यादसहित प्रहरीलाई अनुमति दिइसकेको छ। अदालतमा म्याद थप भइसकेको अववस्थामा यो घटनाको पक्ष र विपक्षमा उत्रिनको औचित्य नभएको जनाउँदै उनीहरूले हात हातमा प्लेकार्ड बोकेर प्रर्दशन गरेका हुन् ।

यो प्रदर्शन स्वतन्त्र युवा समूहको नामबाट गरिएको हो । प्रर्दशनका सहभागीहरूले न्यायलयलाई निष्पक्ष अनुसन्धान गर्न दिन आग्रह गरेका छन्। प्ले कार्डमा अपराधलाई राजनीतिकरण नगरौं, निष्पक्ष छानविन गर्न देऊ, शालिकराम पुडासैनीले न्याय पाउनै पर्छ सहितका नारा लेखिएका थिए । अनुसन्धानका क्रममा प्रहरीले पक्राउ गरेका व्यक्तिलाई कानुन सम्वत रुपमा अनुसन्धान गर्दा विरोध गर्न नहुने युवाहरुको भनाइ छ ।

यसैबीच, शनिबार पनि जिल्ला प्रहरी कार्यालय चितवन अगाडि लामिछानेका समर्थकहरुले उनको रिहाईको माग गर्दै प्रर्दशन गरिरहेका छन् ।

Facebook Comments

विज्ञापन बक्स