पर्यटन क्षेत्रका युवालाई विराटनगरमा पर्यटनमैत्री ब्यबहार विकास तालिम

२१ असार २०७६

२१ असार, विराटनगर ।
पर्यटन संस्कारको विकास नगरेसम्म पर्यटन उद्योग फस्टाउन नसक्ने विराटनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । विराटनगर एशोसिएसन अफ ट्राभल एजेन्ट(बाटा)ले आज विराटनगरमा आयोजना गरेको पर्यटन क्षेत्रका युवाहरुका लागि पर्यटनमैत्री ब्यवहार विकास तालिमका सहभागि वक्ताहरुले यस्तो बताएका हुन् ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै उद्योग,पर्यटन,बन तथा वातावरण मन्त्रालय प्रदेश एकका सचिव बद्रिराज ढुंगानाले पर्यटन मैत्री ब्यवहारमा समस्या रहकै कारण पनि अपेक्षितरुपमा पर्यटन उद्योग फस्टाउन नसकेको विचार ब्यक्त गरे । उनले पर्यटन क्षेत्रमा सक्रिय सम्पुर्ण सरोकारवालाले आफ्नो आनीबानीमा परिवर्तन गर्दै पर्यटन मैत्री ब्यवहार बिकास गरेर अघि बढनुपर्ने बताए ।

क्षेत्रीय होटल संघका अध्यक्ष राजन श्रेष्ठले राम्रो पर्यटकिय स्थल भएपनि ब्यवहार राम्रो नभए पर्यटक नआउने भएकाले सबै सचेत हुनुपर्ने बताए । पर्यटन ब्यवसायी भविसकुमार श्रेष्ठले नेपाल आएको पर्यटक सन्तुष्ट र खुशी भएर फर्किए त्यसले कयौं पर्यटकलाई प्रचारप्रसार गर्ने भएकाले पर्यटकलाइ गरिने ब्यवहारप्रति ब्यवसायी र सरोकारवाला सजग हुनुपर्ने विचार ब्यक्त गरे ।

आयोजक संस्थाका अध्यक्ष फणिन्द्र अधिकारीले प्रदेश १ मा ८ हजार उचाईका कयौं हिमशिखर रहेपनि ब्यवसायीले फाइदा लिन नसकेको बताए । उनले पर्यटन मैत्री ब्यवहार गर्न सकिए पर्यटकको बसाई लम्ब्याउन सकिने र त्यसबाट सबैपक्ष लाभान्वित हुने विचार ब्यक्त गरे ।

कार्यक्रममा पर्यटन क्षेत्रसंग सम्बन्धित १ सय जनालाई पर्यटन मैत्री ब्यवहारका बिषयमा तालिम दिइएको उनले बताए । सहभागिलाई भाषा तथा संस्कृतिबिद् डा.सोम खतिवडा,ट्राभल्स एण्ड टुर्समा मास्टर्स गरेका शालिकदत्त भट्टराई र प्राध्यापक चन्द्र उपाध्यायले पर्यटन मैत्री ब्यवहार सम्बन्धि प्रशिक्षण दिए ।

Facebook Comments

विज्ञापन बक्स