पहिरोले अरुण नदीको बहावमा अवरोध

0SHARES

७ असार २०७७ नेपाल टाईम्स

७ असार, संखुवासभा ।
पहिरोका कारण अरुण नदीको बहावमा अवरोध भएको छ ।

पहिरोले अरुण नदी आंशिक रुपमा थुनिएको संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी जयप्रकाश बस्नेतले जानकारी दिएका छन् । आइतबार बिहान साढे ९ बजेपछि मकालु गाउँपालिका–२ तर्फको ओयाङमा पहिरो खसेर नदी आंशिक रुपमा थुनिएको जानकारी आएको उनले बताए ।

यसबारे विस्तृत विवरण भने आउन बाँकी रहेको उनले बताएका छन् । अहिले नेपाली सेनाको टोली त्यस तर्फ गएको छ । अरुण तेस्रो जल विद्युत परियोजनाको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोली गएको हो । प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले अरुण नदी थुनिएर मानव बस्तीलाई असर नगरेको बताए ।

विज्ञापन बक्स