पाकिस्तानमा रेल दुर्घटनाः ३० जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

184SHARES

२४ जेष्ठ, एजेन्सी ।
पाकिस्तानमा दुई वटा रेल आपसमा ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ ।

५० जनाभन्दा बढी यात्रु घाइते भएका छन् । सोमबार कराँचीबाट सरगोधा जाँदै गरेको मिल्लत एक्सप्रेसको र रावलपिण्डीबाट कराँची जाँदै गरेको सैयद एक्सप्रेसको रेल सिन्ध प्रान्तको डहारकी क्षेत्रमा आपसमा ठोक्किएका हुन् ।

दुर्घटनास्थलमा उद्धारकार्य जारी छ । रेलका डिब्बामा फसेका यात्रुहरुलाई निकाल्ने प्रयास भइरहेको समाचार संस्था डनले जनाएको छ ।

छुटाउनुभयो कि?

सम्पूर्ण