पानीजहाज कार्यालय स्थापना, १६ जना कर्मचारी रहने

0SHARES

२ फाल्गुन २०७५ नेपाल टाईम्स

काठमाडौँ, फागुन २
आजबाट नेपालमा पानीजहाज कार्यालय स्थापना भएको छ । ललितपुरको एकान्तकुनामा रहने पानीजहाज कार्यालयको प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् ।

सरकारले पानीजहाज कार्यालयका लागि कर्मचारी दरबन्दी समेत स्वीकृत गरिसकेको छ । कार्यालयमा उपसचिवको नेतृत्वमा १६ जना कर्मचारी रहने व्यवस्था गरिएको छ ।

मन्त्रिपरिषदको गत पुस २९ गतेको बैठकले वरिष्ठ डिभिजनल इञ्जिनियर एक, शाखा अधिकृत एक, कानून अधिकृत एक, लेखा अधिकृत एक, मेकानिकल, राजमार्ग र सिँचाइतर्फका इञ्जिनियर एक(एक गरी तीनजना, सहायक र कार्यालय सहयोगी गरी ८ जना कर्मचारीको दरबन्दी स्वीकृत गरेको थियो ।

भारतको अन्तरदेशीय जलमार्गसँग नेपालको जलमार्गलाई जोड्ने गरी हाल गृहकार्य भइरहेको छ । नेपालले पनि नारायणी नदीमा केन्द्रित भएर पानी जहाज चलाउने योजना बनाइरहेको छ ।

विज्ञापन बक्स