एजेन्सी, कात्तिक १९।
अर्जुन कपूर, सञ्जय दत्त, कृति सेनन स्टारर फिल्म ‘पानीपत’ को धमाकेदार ट्रेलर सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक आशुतोष गोवारिकरले निर्देशन गरेको सो फिल्मको ट्रेलरमा जबरजस्त एक्सन देख्न पाइन्छ ।
ट्रेलरमा अर्जुन र कृतिको केमेस्ट्री पनि देखाइएको छ । दमदार डाइलगले भरिएको ट्रेलरमा सञ्जय दत्तलाई खतरनाक अवतारमा देख्न सकिन्छ । फिल्ममा उनी नेगेटिभ रोलमा छन् ।
अर्जुनले फिल्ममा सदाशिव राव भाऊको भूमिका निभाएका छन् । जो पेशवा बाजीराव प्रथमका भतिज थिए र पानीपतको तेस्रो लडाईंमा मराठा सेनाको सरदार सेनापतिकोे रुपमा सेवारत थिए । फिल्मका लागि उनले आफ्नो शिर मुण्डन गरेका थिए । फिल्ममा सञ्जय दत्त अहमद शाह अब्दालीको भूमिकामा छन् भने कृतिले मराठा महारानीको भूमिका निभाएकी छन् ।
यो फिल्म पानीपतको तेस्रो लडाईंमा आधारित छ । जुन अब्दाली र मराठाबीच १४ जनवरी १७६१ मा लडिएको थियो । यसलाई १८औं शताब्दीको सबैभन्दा महत्त्वपूर्ण लडाईंमध्ये एक मानिन्छ । फिल्ममा सञ्जय दत्त अफगानिस्तानको एक क्रूर राजाको भूमिकामा छन् । ६ डिसेम्बरमा रिलिज हुन लागेको यो फिल्ममा मोहनीश बहल र जीनत अमानको पनि प्रमुख भूमिका छ ।
एक अन्तर्वार्ताको क्रममा उनले आफूलाई पीरियड ड्रामाको हिस्सा बन्ने इच्छा रहेको बताएका थिए । ‘पानीपत’ बाट उनको सपना पूरा भएको छ । सञ्जयले यो फिल्मका लागि निकै हेवी कस्ट्यूम लगाएका छन् । छायांकनको बेलादेखि नै चर्चामा रहेको फिल्मले बक्सअफिसमा राम्रो पैसा छाप्ने अनुमान गरिएको छ ।