NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता मङ्लबार असार १७ , २०८२
विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ? मङ्लबार असार १७ , २०८२
युक्रेन जित्न रुसले सुरु गर्यो अन्तिम लडाई, सुमीमा पठायो ५० हजार सेना  मङ्लबार असार १७ , २०८२
Next
Prev

समाचार

पिसिआर मेशिन खरिद गर्न कस्सिए सुदूरका स्थानीय तह

बिहिबार जेष्ठ २९ , २०७७
Reading Time: 1 min read
A A
Advertisement
पिसिआर मेशिन खरिद गर्न कस्सिए सुदूरका स्थानीय तह
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२९ जेठ, काठमाडाैँ ।

कोरोना सङ्क्रमण बढ्न थालेपछि सुदूरपश्चिमका स्थानीय तहहरु पिसिआर मेशिन खरिदका लागि अग्रसर देखिएका छन ।

सुदूरपश्चिमको विकट पहाडी जिल्ला बाजुराको बूढीगङ्गा नगरपालिकादेखि भारतसित सीमा जोडिएका कञ्चनपुरको भीमदत्त नगरपालिकासम्मले पिसिआर मेशिन खरिदका लागि रकम विनियोजन गरेर प्रक्रिया अघि बढाएका हुन् ।

Advertisement

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म यहाँका नौवटै जिल्लामा गरी पिसिआर विधिबाट कोरोना परीक्षणका लागि नौ हजार २९४ स्वाब मात्रै सङ्कलन गरिएको छ ।

जसमध्ये सात हजार ७७७ जनाको परीक्षा भइसक्दा १५५ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । प्रदेशमै एकमात्रै पिसिआर प्रयोगशाला धनगढीमा स्वाबको चापका कारण नयाँ नमूना सङ्कलन रोकिएकोमा बुधबार साँझबाट शुरु भएको छ ।

धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा एक हजार ५१७ वटा स्वाबको परीक्षण हुन सकेको छैन । कोरोना सङ्क्रमण जोखिम बढेको भन्दै बझाङका पालिका मिलेर पिसिआर मेशिन जिल्लामा भित्र्याएर कोरोना परीक्षणको दायरा बढाउने गृहकार्यमा जुटेका छन् ।

बझाङको थलारा गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले बझाङका प्रत्येक पालिकाले रु दशदेखि रु पन्ध्र लाखका दरले रकम सङ्कलन गर्ने बताए ।

“जिल्ला समन्वय समिति र नगरपालिकाले रु १५ लाख र गाउँपालिकाले रु १० लाखका दरले रकम सङ्कलन गरेर असार १ गतेभित्र जिल्ला विपद् व्यवस्थापन समितिको खातामा जम्मा गर्ने निर्णय भएको छ” अध्यक्ष उपाध्यायले भने, “तत्काल प्रयोगशाला स्थापनाका लागि खरिद प्रक्रिया अघि बढाइनेछ ।”

बझाङका क्वारेन्टाइनमा तीन हजार १४४ जना क्वारेन्टाइानमा बसिरहेका छन् । सोमध्ये ३२४ जनाको मात्रै स्वाब सङ्कलन गरिएको छ । बझाङमा १२ पालिका रहेका छन् ।

त्यसैगरी बाजुराको बूढीगङ्गा नगरपालिकाका नगरप्रमुख दीपकविक्रम शाहले आरडिटीको भर पर्दा सङ्क्रमण जोखिम झन बढेको बताए ।

“हामीले पनि पिसिआर मेशिन खरिद गरेर जिल्लामा कोरोना प्रयोगशाला स्थापनाका लागि रु ३० लाख बजेट छुट्याएका छौँ ” नगरप्रमुख शाहले भने, “प्रयोगशालाको जनशक्ति र भौतिक पूर्वाधार व्यवस्थापन चुनौतीपूर्ण नै छ ।”

बाजुरामा पाँच हजार २२३ जना क्वारेन्टाइनमा रहे पनि हालसम्म कोरोना परीक्षणका लागि ४५० जनाको मात्रै स्वाब लिइएको छ । “राज्यले जनशक्ति व्यवस्थापनका लागि स्पष्ट कार्यविधि नबनाउँदा समस्या छ” उनले भने, “यहाँका सात पहाडी जिल्लामा अहिलेसम्म यो स्तरको प्रयोगशाला कही पनि स्थापना भएको छैन ।”

त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिकाले पनि सदरमुकाममा पिसिआर मेशिन खरिदका लागि पहल गरेको छ । भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले सङ्क्रमणको उच्च जोखिम देखिनुका साथै सङ्कटसित लड्न पिसिआर मेशिन आवश्यकता रहेको भन्दै खरिद प्रक्रिया अघि बढाइएको बताए ।

“खरिद प्रक्रियाको नियमावलीमै रहेर प्रक्रिया अघि बढाएर असारभित्रै स्थापना गर्ने गृहकार्यमा छौँ ।” नगरप्रमुख विष्टले भने, “प्रयोगशाला सञ्चालनको जिम्मेवारी महाकाली अस्पताललाई दिनेछौँ ।”

मङ्गलबार भीमदत्त नगरपालिका कोभिड–१९ रोकथाम तथा नियन्त्रण सम्बन्ध निर्देशक एव समन्वय समितिको बैठकले मेशिन अतिआवश्यक रहेको भन्दै खरिद गर्ने निर्णय गरेको थियो ।

त्यसैगरी डडेल्धुराको अमरगढी नगरपालिकाले पनि डडेल्धुरा अस्पतालमा स्थापना गरिने कोरोना परीक्षण प्रयोगशालाका लागि रु २० लाख दिने निर्णय गरेको नगरपालिकाका सूचना अधिकृत लालबहादुर साउँदले जानकारी दिए । “मेयरबाट यो विषयमा पहल भएर प्रक्रिया अघि बढेको छ,” साउँदले भने, “यहाँका अन्य स्थानीय तह र निकायसित पनि प्रयोगशाला स्थापनाका लागि सहयोग गर्न अपिलसमेत गरेका छौँ ।”

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीका अनुसार धनगढीमा सञ्चालनमा रहेको प्रयोगशालामा दैनिक २५० भन्दा बढी परीक्षण गर्न सकिँदैन । “प्रदेश सरकारले डोटी र बैतडीमा प्रयोगशाला स्थापनाको प्रक्रिया अघि बढाएर असार १५ गतेभित्रै सञ्चालनको तयारीमा छ ।” निर्देशक डा अवस्थीले भने, “अहिले एउटामात्रै प्रयोगशाला हुँदा परीक्षणको चाप धेरै भयो ।”

उनले पनि पहाडी जिल्लामा जुनसुकै निकाय वा तहबाट प्रयोगशाला स्थापना भए पनि भौतिक संरचना र दक्ष जनशक्तिका विषयमा पनि पहल आवश्यक रहेको बताए । “पहाडी जिल्लामा प्रयोगशालामा काम गर्न एक जना जनशक्ति पनि नभएको अवस्था छ” उनले भने, “भौतिक संरचनाको अवस्था पनि ठीक छैन ।”

सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहका एक हजार ८१३ स्थानमा क्वारेन्टिन बनाएर भारतलगायत अन्यत्रबाट आएका नागरिकलाई राखिएको छ । हालसम्म क्वारेन्टिनमा ६५ हजार ९९१ बसिरहेका छन् तर कोरोना परीक्षण भने नौ हजार २९४ को मात्रै भएको छ ।

पछिल्लो जेठ महिनामा मात्रै कैलालीको त्रिनगर भन्सार र कञ्चनपुरको गड्डाचौकीबाट भारतका विभिन्न क्षेत्रबाट ८५ हजारभन्दा बढी नागरिक स्वदेश फर्किएका छन् ।

यहाँ कोरोना सङ्क्रमण देखिएकामध्ये पनि अधिकांश भारतबाट आएकामा देखिएको छ । बाजुरा र कैलालीमा गरी कोरोनाबाट यहाँ दुई जनाको मृत्यु भइसकेको छ । सङ्क्रमितको यहाँका अस्पतालमा स्थापना गरिएका आइसोलेसन वार्डमा उपचार भइरहेको छ ।

यहाँका विभिन्न स्थानका आइसोलेसनमा मङ्गलबारसम्म ८५ जना सङ्क्रमितको उपचार भइरहेको छ भने आइसोलेसनमै ३३ जना शङ्कास्पद बिरामी उपचाररत रहेको प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी तथ्याङ्कमा उल्लेख छ ।

त्यसैगरी सुदूरपश्चिममा ४८ हजार ८८८ को आरडिटी विधिबाट कोरोना परीक्षण गरिँदा एक हजार ७८१ को पोजिटीभ देखिएको छ । आरडिटीमा सङ्क्रमित देखिएलाई क्वारेन्टिनमै राखिएको छ ।रासस

लोकप्रीय

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२

विचार

थप समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास
ताजा समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो
अन्तर्राष्ट्रिय

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता
ताजा समाचार

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
के अब एमालेमा ‘मदनको नीति, विद्याको नेतृत्व’ आउने हो ?
राजनीति

विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ?

मङ्लबार असार १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.