NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता मङ्लबार असार १७ , २०८२
विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ? मङ्लबार असार १७ , २०८२
युक्रेन जित्न रुसले सुरु गर्यो अन्तिम लडाई, सुमीमा पठायो ५० हजार सेना  मङ्लबार असार १७ , २०८२
Next
Prev

समाचार

पुनः एकताको लयमा फर्कँदै नेकपाका शीर्ष नेता

बिहिबार मंसिर ४ , २०७७
Reading Time: 1 min read
A A
Advertisement
पुनः एकताको लयमा फर्कँदै नेकपाका शीर्ष नेता
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

४ मंसिर, काठमाडौं ।

हरेक महिनाजसो आन्तरिक विवादमा उत्रिएर सहमति गर्दै आएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरु पछिल्लो समय उत्पन्न कलहलाई पार्टीका आधिकारिक बैठकमा पुनः छलफलमा ल्याउन तयार भएका छन् ।

हिजोका लागि तोकिएको सचिवालय बैठक बस्ने/नबस्ने भन्ने अन्योलबीच बसेको सचिवालय बैठकले अबको १० दिनपछि यही मङ्सिर १३ गते सचिवालयको अर्काे बैठक र त्यसपछि क्रमशः स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक आह्वान गरेकाले बैठकभन्दा बाहिर गुटउपगुटमा छरिएर हुने अन्तरविरोध पार्टीका संयन्त्रमा पुग्ने भएका हुन् । कम्युनिष्ट पार्टीका आलोचना र आत्मालोचनालाई साङ्गठनिक विधिकै अङ्ग मानिए पनि पछिल्लो समयमा अध्यक्षद्वयकै बीचमा लिखित आरोप–प्रत्यारोप भएपछि कोभिड–१९ को रोकथाम र नियन्त्रयण तथा आर्थिक समृद्धिका लागि काम गर्नुपर्ने समयमा राजनीतिक विवादले कस्तो रुप लेला भन्ने कूतुहलता जगाएको थियो ।

Advertisement

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले हिजोको सचिवालय बैठकले मङ्सिर १३ गते प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले ल्याउने प्रस्तावका आधारमा थप छलफल हुने र स्थायी कमिटीको बैठक यही मङ्सिर १८ र केन्द्रीय कमिटीको बैठक मङ्सिर २५ गते बोलाउने निर्णय गरेको जानकारी दिए। यसअघि केन्द्रीय कमिटीको बैठक मङ्सिर १५ गतेदेखि हुने भनिएको थियो । गत कात्तिक २८ गतेको सचिवालयको बैठकमा अध्यक्षद्वयका व्यक्तिगत पत्राचार र आरोपप्रत्यारोप पार्टीको बैठकमा दस्तावेजका रुपमा वितरण गरिएपछि विवाद चर्कँदा हिजोको बैठकमा अध्यक्ष ओली नजाने समाचारसमेत बाहिर आएको थियो र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका सचिवालयका बहुमत सदस्य बैठक जसरी पनि गर्ने पक्षमा देखिएका थिए । अध्यक्ष ओलीले आफूमाथि लगाइएका आरोपबारे लिखित जवाफ दिन १० दिनको समय माग गरेपछि बैठकले त्यसमा सहमति दिएको हो । बैठकपछि पत्रकारलाई जानकारी दिँदै प्रवक्ता श्रेष्ठले भने, “पार्टीमा देखा परेको पार्टी विधिसम्बन्धी समस्या र सङ्कटको निवारणका सम्बन्धमा यस अगाडि प्रस्तुत सामग्री र अबको सचिवालय बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गर्ने प्रस्तावका आधारमा छलफल र निर्णय हुनेछ । निष्कर्ष यही हो ।”

स्थिरता र समृद्धिका लागि जनमत प्राप्त नेकपाका शीर्ष नेताबीचको स्वार्थ र विवाद पटकपटक सार्वजनिक हुँदा नेता–कार्याकर्ता र जनस्तरमा निराशा, चिन्ता र आक्रोश उत्पन्न भइरहेको छ । आजको बैठकले आगामी बैठक सहमतिमा तय गरेकाले तत्कालै पार्टी फुट्छ या दुवै पक्ष टसको टस हुँदैनन् भन्ने खालका कतिपय अनुमान गलत सावित भएका छन् ।

नेकपाका नेताको विवाद उत्पन्न गराउन र मिलाउन संवैधानिक पदाधिकारी र विदेशीको हस्तक्षेप भएको भन्ने पत्रकारको प्रश्नमा सचिवालय सदस्य श्रेष्ठले आफूहरुले हस्तक्षेप स्वीकार नगर्ने भएकाले कुनै पक्षबाट भएका चासोलाई हस्तक्षेपका रुपमा नलिने स्पष्ट गरे। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओली तथा अन्य नेतासँग भएका विभिन्न भेटवार्ता तथा प्रधानमन्त्री ओलीसँग नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीको पछिल्लो भेटवार्तालाई नेकपाको विवादसँग जोडेर टीकाटिप्पणी गरिएका थिए । प्रवक्ता श्रेष्ठले राष्ट्रपति वा विदेशी कूटनीतिक प्रतिनिधिलाई यस विवादमा तान्नु उपयुक्त नहुने बताए ।

गत भदौ २६ गतेको स्थायी कमिटीको बैठकले सहमतिका साथ शीर्ष नेताको कार्यविभाजन गरी सरकार र पार्टीको कामलाई व्यवस्थित र प्रभावकारी बनाउने तथा आगामी चैतको अन्तिम साता पार्टीको एकता महाधिवेशन आयोजना तय गर्ने निर्णय गरेकामा त्यसको कार्यान्वयनमा भन्दा नेता पुनः विवादमै अल्मलिएपछि सचिवालय बैठक शुरु भएको हो ।

पछिल्लो समय मन्त्रिपरिषद्मा हेरफेर, राजदूत नियुक्ति, पार्टीको कर्णाली प्रदेशको विवाद, तराईका केही जिल्लाका कार्याकर्ताबीचको दोहोरो झडप, प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत भई नेपाल आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखसँग गरेको भेटवार्ता आदिबारे विवाद उत्पन्न हुँदै आएको छ ।

गत स्थायी कमिटीको बैठकमा अध्यक्ष ओली र अध्यक्ष दाहालबीचको सहमतिका आधारमा गठित समस्या समाधान समितिको प्रतिवेदन परिमार्जनसहित प्रस्तुत र पारित भएको थियो । गत असार १० गते शुरु भई पटकपटक बस्दै र स्थगन हुँदै आएको स्थायी कमिटीको बैठकमा सरकार र पार्टी कामबारे नेताहरुबीचको आपसी अविश्वास र अन्तरकलहका कारण नियमित कार्यसूचीमा छलफल हुन नसकेपछि अध्यक्षद्वयले गठन गरेको महासचिव विष्णुप्रसाद पौडेल नेतृत्वको कार्यदलको सुझावलाई थप गृहकार्य गरी उहाँहरुले स्थायी कमिटीको बैठकमा अध्यक्षद्वयको कार्यविभाजनसहित ठोस कार्ययोजना प्रस्ताव प्रस्तुत गरेपछि सर्वसम्मतिले पारित भएको थियो । वरिष्ठ नेता माधवकुमार नेपालले विधि र पद्धतिका लागि आफूले उठाउँदै आएको ‘एक व्यक्ति : एक पद’ को प्रस्ताव कार्यदलको प्रतिवेदनमा नपरेकामा असहमति जनाउँदै आएका छन्। कार्यदलमा नेता भीमबहादुर रावल, जनाद्र्धन शर्मा, पम्फा भुसाल, शङ्कर पोखरेल र सुरेन्द्र पाण्डे सदस्य थिए ।

स्थायी कमिटीले अध्यक्ष ओली सरकारको काममा केन्द्रित हुने र अध्यक्ष दाहाल पार्टीको काममा केन्द्रित भई कार्यकारी अध्यक्षको भूमिकामा रहने कार्यविभाजनको प्रस्ताव पारित गरेको थियो । सोही बैठकले आगामी चैत २५ देखि ३० गतेसम्म महाधिवेशन हुने तय गरी तयारीका लागि कात्तिक १५ गतेदेखि केन्द्रीय कमिटीको बैठक आह्वान गरेकामा पछि मङ्सिर १५ का लागि केन्द्रीय कमिटीको बैठक सारिएको थियो । आजको बैठकले केन्द्रीय कमिटी बैठकको मिति थप तीन दिन पछि सारेको छ । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच २०७५ जेठ ३ मा एकता भई निर्मित नेकपाको एकतापछि पहिलो महाधिवेशन हुन लागेकाले नीति, विचार र नेतत्वबारे बहस शुरु भएको हो ।

स्थायी कमिटीको निर्णय कार्यान्वयनका लागि गत भदौ २९ गते अध्यक्षद्वय ओली र दाहालले अन्तरपार्टी निर्देशन (अपानि)–५ जारी गरी पार्टी एकताको महत्वलाई आत्मसात् गर्ने, पार्टीमा पद्धति र संस्थागत प्रणालीलाई सबल बनाउने, एकताका बाँकी काम सम्पन्न गर्ने, राजनीतिक तथा साङ्गठनिक क्षेत्रमा पुनः कार्यविभाजनलगायत काम गर्ने, चुनावी घोषणापत्रानुसार सरकारका कामलाई प्रभावकारी बनाउने, सहमति तथा संवैधानिक र कानूनी प्रबन्धका आधारमा सङ्घ र प्रदेश मन्त्रिपरिषद्मा पुनःगठन गर्ने आदि विषयमा कार्यकर्तामा स्पष्ट पारकेा थिए ।

स्थायी कमिटीले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन सम्झौता (एमसीसी) लाई आवश्यकतानुसार संशोधन र परिमार्जन गरी अनुमोदन गर्ने निर्णय पनि गरेको थियो ।

प्रकाश सिलवाल/रासस

लोकप्रीय

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२

विचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२

थप समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास
ताजा समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो
अन्तर्राष्ट्रिय

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता
ताजा समाचार

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
के अब एमालेमा ‘मदनको नीति, विद्याको नेतृत्व’ आउने हो ?
राजनीति

विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ?

मङ्लबार असार १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.