पुरानै कम्यूनिष्टको सोचका कारण बाम गठबन्धनबाट वाहिरिएँ ः बाबुराम भट्टराइ

906SHARES

पोखरा, १४ कात्तिक
नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले नयाँ समाजवादी पार्टीको सट्टा पुरानै कम्युनिष्ट पार्टीको सोच बोकेका कारण आफ्नो दल वाम गठबन्धनबाट बाहिरिएको बताउनु भएकोछ ।

प्रेस सोसाइटी कास्कीद्वारा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले नेपालमा स्टालिनकालीन कम्युनिष्ट पार्टीको औचित्य नरहेका कारण आफूले नयाँ समाजवादी शक्ति बनाउन प्रस्ताव गरेको बताउनुभयो ।

गोरखा निर्वाचन क्षेत्र नं २ र नयाँ शक्तिलाई १५ सिट नपाएमा वाम गठबन्धनबाट आफू बाहिरिएको कुरा हल्ला मात्रै भएको बताउँदै पूर्वप्रधानमन्त्री डा भट्टराईले नयाँ शक्ति वाम र लोकतान्त्रिक पार्टीको प्mयूजन भएको जिकिर गर्नुभयो ।
रासस

छुटाउनुभयो कि?

सम्पूर्ण